
काठमाडौँ : इन्टरनेशन करिकेट काउन्सिल (आइसीसी)का उच्च स्तरका पदाधिकारी यसै साता नेपाल आउँदैछन्। नेपाली क्रिकेटमा देखिएको विद्यमान समस्याको समानधान निकाल्न तथा नेपाली क्रिकेटको सर्वोच्च संस्थान क्यान को निलम्वनमा हटाउने बारे छलफल गर्न इमरान ख्वाजा सहितको टोली आउन लागेको हो।
आइसीसीका डेपुटी चियरम्यान समेत रहेका ख्वाजाको टोलीको नेपाल आउनुको उदेश्य क्यान निलम्वन हटाउनु र नेपाललाई आइसीसीको मेम्बरमा पुनर्वहाली गर्नु रहेको आइसीसीको साइटमा उल्लेख गरिएको छ।
नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको, क्यानको निष्पक्ष निर्वाचन हुन नसकेको भन्दै आइसीसीले २०७३ बैशाखमा क्यानलाई निलम्वन गरेको थियो।
त्यसयता आइसीसीले पटक-पटक नेपालको निलम्वन फुकुवा गर्न यहाँका सरोकारवाला निकायसँग छलफल गर्दा समेत त्यसले निकास दिन सकेन। त्यसै परिणाम स्वरुप आइसीसी डेलेगेसन नेपाल आउन लागेको हो। आगामी फेब्रुअरुमा हुने आइसीसीको बोर्ड बैठकको नेपाल बारे निर्णय लिने बताइएको छ।
क्यान लिम्वनमा परेपछि नेपाली क्रिकेटको विवाद समाधान गर्न आइसीसीले नेपाल आएर आफै सल्लाहकार समिति समेत गठन गर्यो। सुरुमा ६ सदस्यीय रहेको उक्त समितिमा पछि दुई सदस्य थपियो र ८ सदस्यीय बनाइयो।
त्यसबाट विधान संशोधन गर्न उनीहरुलाई भनियो। सल्लाहकार समितिले तयार पारेको विधान क्यानको साधारण सभाले पारित पनि गर्यो। तर आइसीसीमा पठाइएको उक्त विधानमा केही फरक परेको भन्दै आइसीसीको बोर्डले त्यसलाई स्वीकार गरेन।
क्यान निलम्वनमा रहेपनि नेपाली राष्ट्रिय टोलीले भने निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको छ। नेपालले अर्को महिना नामिवियामा आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू खेल्दैछ।