PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

कोपा डेल रे : मेसी र सुवारेजको गोलमा बार्सिलोना सेमिफाइनलमा, काउटिन्होको डेब्यु



पहिलोपोस्ट

कोपा डेल रे : मेसी र सुवारेजको गोलमा बार्सिलोना सेमिफाइनलमा, काउटिन्होको डेब्यु

लुइस सुवारेज र लियोनल मेसीले पहिलो हाफमा गोल गरेपछि दोस्रो लेगमा २-० को जित हात पारेको बार्सिलोना स्पानयोललाई समग्रमा २-१ ले पराजित गर्दै कोपा डेल रे को सेमिफाइनलमा परवेश गरेको छ।

पहिलो लेगमा १-० को हार बेहोरेको बार्सिलोनाका लागि दोस्रो लिग जित्नै परने दबाब थियो। यस्तोमा सुवारेज र मेसीले २५ मिनेटभित्रै गोल गर्दै जित सम्भव बनाए।

घरेलु मैदान नोउ क्याम्पमा सुवारेजले खेलको नवौँ मिनेटमै गोल गर्दै बार्सिलोनालाई अग्रता दलाएका थिए। २५औँ मिनेटमा मेसीले दोस्रो गोल गरे। मेसीले गरेको गोल नोउम्याक्पमा बार्सिलोनाको ४ हजारौँ गोल समेत हो।

यस्तै यसै विनटरमा क्लब भित्रिएका ब्राजिलका २५ वर्षीय फिलिप काउटिन्होले पनि बार्सिलोनाका लागि डेब्यु गरेका छन्। उनी ६८औँ मिनेटमा कप्तान आन्द्रेज इजेस्टालाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका थिए।

यसअघि नै सेभिया, भ्यालेन्सिया र लेगानेस सेमिफाइनल पुगिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell