PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

माउरिन्हो २०२० सम्म म्यानचेष्टर युनाइटेडमै रहने



पहिलोपोस्ट

माउरिन्हो २०२० सम्म म्यानचेष्टर युनाइटेडमै रहने

म्यानचेष्टर युनाइटेडका म्यानेजर जोसे माउरिन्होले क्लबसँगको सम्झौता २०२० सम्मका लागि नविकरण गरेका छन्। यस्तै एक वर्ष सम्झौता थप गर्न सकिने अप्सन पनि राखिएको छ। यसअघि ५४ वर्षीय माउरिन्होको सम्झौता २०१९ सम्मका लागि मात्र थियो।

अझै २ वर्ष ओल्डट्राफोर्डमा रहने भएपछि युनाइटेडले सहि म्यानेजरको रुपमा विश्वास आफुलाई गरेकोमा खुशी भएको माउरिन्होले बताएका छन्। ‘युनाइटेडको म्यानेजर हुँदा सम्मानित र गर्व लागेको छ।’

‘मेरो सुरुको सम्झौता ३ वर्षको थियो, हामीले अहिले खुलस्त पारिसक्यौँ यो ३ मात्र होइन, चार, पाँच र अझ धेरै हुन सक्छ।’ माउरिन्होले भने।

सन् २०१६ मा लुइ भान हालले क्लब छाडेपछि युनाइटेडको म्यानेजर बनेका माउरिन्होले पहिलो सिजन क्लबलाई इएफएल कप र युरोपा लिगको उपाधि जिताए।

यस सिजनको प्रिमियर लिगमा म्यानचेष्टर सिटी पछाडी दोस्रो स्थानमा रहेको युनाइटेड च्याम्पियन्स लिग र एफए कपमा पनि खेल्दै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell