PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

राष्ट्रियसभा निर्वाचन आचारसंहिता आजदेखि लागू, उल्लंघन गरे उम्मेदवारी रद्द



पहिलोपोस्ट

राष्ट्रियसभा निर्वाचन आचारसंहिता आजदेखि लागू, उल्लंघन गरे उम्मेदवारी रद्द

काठमाडौँ: राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ। माघ २४ गतेका लागि तय भएको निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलाई समेत लागू हुनेछ।

आचारसंहिता नेपाल सरकार, सरकारका मन्त्री, प्रदेश सरकार तथा स्थानीय तहमा पनि लागू हुनेछ। यस्तै, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारीलाई पनि आचारसंहिता लागू हुनेछ।

सार्वजनिक संस्थाका प्रमुख तथा कर्मचारी, नेपाल सरकारको पूर्ण तथा आंशिक स्वामित्वमा स्वामित्वमा रहेका कार्यालयका प्रमुख तथा कर्मचारीलाई पनि आचारसंहिता लागू हुनेछ।

सुरक्षा निकाय, निर्वाचनमा खटिने कर्मचरी तथा राजनीतिक दल तथा भातृ संगठनलाई पनि आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ।

आचारसंहिता लागूपछि निर्वाचन प्रभावित गर्ने कुनै पनि काम गर्न पाइने छैन। उम्मेदवारले मतदाता प्रभावित गर्ने कुनै पनि काम कारबाही गर्न पाउने छैनन्। मौन अवधिमा मतदाता प्रभावित पारेमा उम्मेदवारी रद्द गर्ने अधिककार निर्वाचन आयोगलाई छ।

यस्तै उम्मेदवारी रद्दसँगै आयोगले एक लाख रुपैयाँसम्म जरिवाना समेत गर्न सक्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell