हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिका ७ मिलनचोकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। ना १८ प ४६९१ नम्बरको मोटरसाइकल गएराति सवा ९ बजे नियन्त्रण गुमाएर पल्टिँदा चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक स्थानीय २१ वर्षीय राकेश भुजेलको उपचारको क्रममा हेटौंडा अस्पतालमा गएराति करिव १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।