PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

ट्र्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु



पहिलोपोस्ट

ट्र्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

उर्लाबारी: मोरङको कानेपोखरी गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ठक्क्रबाट गएराति साइकलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा कानेपोखरी–७ बस्ने ५५ वर्षीय विशेश्वरप्रसाद राजवंशी रहेका छन् । बिहीबार साँझ भौसाबारीबाट रमाइलोतर्फ आउँदै गरेको को १ त ७१५५ नम्बरको ट्र्याक्टरले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका राजवंशीको नोबेल अस्पताल, विराटनगरमा उपचारका क्रममा गएराति मृत्यु भएको हो।

ठक्कर दिने ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell