भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले 'इन्डियाज मोस्ट इटाइलिस स्पोर्टस स्टार' अवार्ड जितेका छन्। उनले यसका लागि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई पछि पारे।
'हिन्दुस्थान टाइम्स मोस्ट स्टाइलिस अवार्ड-२०१८' मा सुनिलले विराटलाई पछि पारेका हुन्।
इन्डियन सुपर लिगमा बेंगलुरु एफसीबाट खेल्ने सुनिल वर्ष २०१७ मा मैदान भित्र र बाहिर उत्तिकै चर्चामा रहे।
Here's a great photo from #HTMostStylish @chetrisunil11 pic.twitter.com/vut9nStf6L
— HT Entertainment (@htshowbiz) January 24, 2018
झण्डै दुई दशकपछि भारतलाई फिफा र्याङ्किङमा शीर्ष सय भित्र ल्याउन सुनिलले प्रेरणादायी प्रदर्शन गरेका थिए। यस्तै भारतलाई २०१९ को एसिया कपमा छनोट गराउन पिन सुनिलले भाइटल रोल खेले।
सुनिलले गत वर्ष नै लामो समयदेखि प्रेमिका रहेकी सोनम भट्टाचार्जीसँग विवाह गरे। सोमन मोहन बगानका महान खेलाडी सुब्रता भट्टाचार्यकी छोरी हुन्।
इन्टरनेशनल फुटबलमा हाल खेलिरहेका मध्ये सुनिल क्षेत्री सर्वाधिक गोलकर्ताको सूचीमा पाँचौं स्थानमा छन्। यस सूचीको पहिलो र दोस्रो स्थानमा क्रमश: पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी छन्।
