PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

'पद्मावत'को असर, भएन फ्राइडे रिलिज



पहिलोपोस्ट

'पद्मावत'को असर, भएन फ्राइडे रिलिज

काठमाडौं: यो साता फ्राइडे रिलिज भएन। शुक्रबार रिलिज टार्गेट राखेको 'ह्याप्पी डेज'ले बलिउड फिल्म पद्मावत रिलिज तयसँगै तेस्रोपटकलाई प्रदर्शन मिति पछि सारेको हो। त्यसैले आज कुनैपनि नयाँ नेपाली फिल्म रिलिज भएनन्।

तीन साता अघि सार्वजनिक 'मिस्टर झोले'ले भने केही हलमा प्रदर्शनरत छ।

बलिउडको लागि पनि फिल्म 'प्याडम्यान'ले पद्मावतलाई सोलो रिलिजको अवसर दियो। सेन्सरमा ढिला भएसँगै आजैबाट रिलिज हुने भनिएको अक्षय कुमार स्टारर प्याडम्यान पनि प्रदर्शनमा आएन।

हलिउडको लागि पनि यो साता कुनै फिल्म पर्दामा छैनन्। नेपालका अधिकांश सिंगल स्क्रिन र मल्टिप्लेक्समा पद्मावतले सर्वाधिक सो पाएको छ।

पद्‍मावतमा दीपिकाले रानी पद्मावतीको भूमिका निभाएकी छिन्। शाहिद उनको पति राजा रावल रतन सिंहको भूमिकामा देखिएका छन्। एन्टागोनिस्टका रुपमा स्थापित छन् रणवीर सिंह जसले अलाउद्धिन खिलजीको भूमिका निभाएका छन्। जसले पद्मिनीप्रतिको लगावका कारण उनले चित्तरोमा युद्ध गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell