
काठमाडौं: केही समयको अन्तरालपछि अभिनेत्री वर्षा सिवाकवटी नयाँ फिल्मको लागि अनुबन्धित भएकी छिन्। फिल्म 'रानीमहल'को औपचारिक घोषणा भएको हो। फिल्ममार्फत दुई अभिनेता र एक अभिनेत्रीले डेब्यु गर्ने भएका छन्।
चर्चामा रहेका भनिने कलाकारहर पल शाह र प्रदिप खड्काले रानीमहलमा काम गर्न अस्विकार गरेको खबर सार्वजनिक थियो। यसैबिच नव अभिनेताहरु आशिष अधिकारी, साहिल श्रेष्ठ उक्त भूमिकामा देखिने भएका हुन्। त्यस्तै मानस्वी खरेलले अभिनय यात्रा सुरु गर्ने भएकी छिन्।
त्रिकोणात्मक प्रेम कथा रहने फिल्मलाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन्। फिल्म युनिट माघ तेस्रो साताबाट छायांकनको लागि फ्लोरमा उत्रने बताइएको छ। विहीबार फिल्म घोषणासँगै शुभ मुर्हुत पनि गरियो। जसका लागि कलाकारहरुले एक दृश्यको अभिनय गरे।
फिल्ममा अन्य कलाकार प्रशान्त ताम्राकार, नीर शाह, बिएस राना, केशव भट्टराई, युनिता खत्री, बासु खनाल, शिलु पोखरेल लगायत पनि देखिदैछन्।