PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

प्रदेश नम्वर ४ को प्रदेशसभाको पहिलो बैठक माघ २२ मा



नरहरि पौड्याल

प्रदेश नम्वर ४ को प्रदेशसभाको पहिलो बैठक माघ २२ मा

पोखरा : प्रदेश ४ को प्रदेशसभाको पहिलो बैठक माघ २२ गते बस्ने भएको छ। २२ गते ११ बजेलाई बैठक आहृवान गर्ने बुधबार दिउँसो निर्णय भएको प्रदेश प्रमुख बाबुराम कुँवरले जानकारी दिए। सबै प्रदेश सांसदलाई २२ गते बस्ने बैठकको खबर गर्न सूचना गर्ने सचिवलाई निर्देशन दिएको बताए।

प्रमुख सचिवले सूचना प्रकाशित गर्ने र ज्येष्ठ सदस्य अर्थात अस्थायी सभामुख जनकलाल श्रेष्ठमार्फत बैठक आहृवान हुने कुँवरले जानकारी दिए।

पोखरा नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रलाई प्रदेश सभा बैठकस्थल र प्रदेशसभाको सचिवालय तोकिएको छ।

निर्वाचन परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको पहिलो बैठक डाक्नुपर्ने व्यवस्था छ। पहिलो अधिवेशनसँगै सभामुख, उपसभामुख निर्वाचनको प्रक्रिया सुरु हुनेछ।

प्रदेशसभा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्ने व्यवस्था छ। प्रदेश ४ मा ३६ जना प्रत्यक्ष निर्वाचित र २४ जना समानुपातिक पद्धतिबाट गरी ६० जना प्रदेश सांसद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell