
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले अबका पाँच वर्ष बामपन्थीहरुका लागि अवसर र चुनौती दुवै भएको बताएका छन्।
रुपन्देहीको देवदहमा आयोजित चौथो राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै प्रचण्डले भने “जनताले बामपन्थीहरुलाई विश्वास गरेका छन्। यो हाम्रा लागि राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासनको पक्षमा दिएको अवसर हो। जनताले निकै ठूलठूला अपेक्षा गरेका छन्। राम्रो काम गर्न सक्यौं भने हामीलाई फेरी पनि अवसर आउने छ। सक्छौ कि सक्दैनौं रु यो हाम्रा लागि चुनौति पनि हो।”
देवदह बुद्धको मावलीघर भएको उल्लेख गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले देशले अब राजनीतिक अस्थिरता सहन नसक्ने बताए। भने, “देशले अब पनि राजनीतिक अराजकता र अस्थिरता सहन सक्दैन, समृद्धिको नयाँ युगतिर हामी जानै पर्दछ, जलविद्युत र पर्यटन विकासमा हामीले जोड गर्नुपर्दछ। देवदह गौतम बुद्धको मावलीघर पनि हो। हामीले बुद्ध सर्किटभित्र यसलाई राखेर पर्यटनको विकास गर्नेछौं।'
प्रचण्डले देवदहमा बौद्ध विश्वविद्यालयको स्थापनामा गर्न आफ्नो पूर्ण सहयोग रहने वचनसमेत दिए।