PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

विवेकशील साझाले वक्तव्य जारी गर्दै भन्यो-यसकारण हाम्रो साथ कांग्रेसलाई नै



पहिलोपोस्ट

विवेकशील साझाले वक्तव्य जारी गर्दै भन्यो-यसकारण हाम्रो साथ कांग्रेसलाई नै

काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसलाई साथ दिने भएपछि विवेकशील साझा पार्टीमाथि आलोचना बढ्यो। पार्टीकै कतिपय सदस्यलाई थाहै नदिइ कांग्रेसलाई मतदान गर्ने निर्णय गरेको भन्दै पार्टीभित्रै चर्को आलोचना खेपेको समाचारहरु बाहिर आयो।

यसैको जवाफमा विवेकशील साझाले आफ्नो विकल्पमध्ये कांग्रेसलाई रोज्नु नै उत्तम भएको भन्दै विज्ञप्ति निकालेको छ। आज पार्टीका प्रवक्ता सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'हामीसँग चार विकल्प थिए छवि, अनुभव र प्रवुद्धताका हिसाबले तुलनात्मक रुपमा कांग्रेसले छानेको राधेश्याम अधिकारी सक्षम देखिएकाले उनलाई रोजेका हौं।'

विवेकशील साझाले विपक्षी बेन्च बलियो होस भनेर उनलाई रोजेको उल्लेख गरेको छ। भनिएको छ, 'संसदीय प्रणालीमा महत्वपूर्ण मानिने ‘विपक्षी बेन्च’ लाई बलियो बनाउने एउटा सम्भावनालाई प्रकारान्तरले खेर फाल्ने काम हुने देखिएकोले आफ्नो उम्मेदवार नभए पनि प्रत्याशीहरु मध्येको उपयुक्त विकल्पको रुपमा राधेश्याम अधिकारीलाई रोजेका हौं।'

अधिकारीको विगतको छवि राम्रो नभएपनि अरु पार्टीको उम्मेदवारको तुलनामा उनी नै उत्तम उम्मेदवार भएको विवेकशीलले दाबी गरेको छ। उसले कांग्रेससँग दीर्घाकालीन रुपमा सहकार्य नभइ राष्ट्रिय सभामा मात्र कांग्रेसलाई साथ दिने जनाएको छ। विवेकशीलको राष्ट्रिय सभामा १४४ मतभार रहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell