
सिओल : दक्षिण कोरियाको मिरियाङ सहरमा रहेको एक अस्पतालमा आगलागी हुँदा मर्नेको संख्या ४१ पुगेको छ। स्थानीय मिडियाले अग्निनियन्त्रण कार्यालयका अधिकारीलाई उदृत गर्दै मर्नेको संख्या किटानी गरेको हो।
स्थानीय समयअनुसार शुक्रबार बिहान ७:३० बजे सेजोङ अस्पतालमा आगलागी सुरु भएको थियो। कोरियाको दक्षिणी गियोङसाङ प्रान्तमा रहेको अस्पतालको पहिलो तल्लाको इमर्जेन्सी कोठाबाट आगो सल्किएको थियो।
कम्तिमा ४१ को मृत्यु भएको छ भने १० भन्दा बढी घाइते अवस्थामा छन्। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ।
राजधानी सिओलबाट ३ सय ९० किलोमिटर दुरीमा रहेको अस्पतालमा करिब १ सय विरामी थिए। - सिन्ह्वा