काठमाडौं: अभिनेता सबिन श्रेष्ठको मुख्य अभिनय रहेको फिल्म ‘बन्धन’को ट्रेलर सार्वजनिक भएको छ। फागुन ११ को रिलिज टार्गेट राखेको फिल्मको प्रचारका लागि युनिटले युट्युबमार्फत ट्रेलर सार्वजनिक गरेको हो।
समीर मियाँको निर्देशन रहेको पारिवारिक प्रेम कथालाई शिवम अधिकारी लेखेका हुन्। ‘बन्धन’मा सविनको साथमा पूर्णिमा लामा, प्रिन्स र प्रकाश श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।
राजेन्द्र भट्टको संगीत रहेको फिल्मलाई क्यामोदिन मियाले सम्पादन गरेका हुन्।