क्विन्स वर्ल्ड फिल्म फेस्टिभलमा नेपाली युवाहरूले बनाएको दुई वृत्तचित्र प्रदर्शन हुने भएको छ। मार्च १५ देखि २५ तारिखसम्म न्युयोर्क, क्विन्समा हुने फिल्म पत्रकार अनुज थापाले बनाएको ‘फाइटिङ फर जस्टिस’ र निर्देशक रोशन विक्रम ठकुरीको ‘सिल्भर ब्याङ्गल्स’ छनौटमा परेका हुन्।
फिल्म छनोट बारे जानकारी पत्रकार अनुज थापाले आफ्नो फेसबुकमार्फत दिएका छन्।
‘फाइटिङ फर जस्टिस’ मा अमेरिकामा न्यायका लागि लडिरहेको मुसलमान परिवारको पीडा देखाइएको छ। त्यस्तै ‘सिल्भर ब्याङ्गल्स’ मा रोशन विक्रम ठकुरीले सशस्त्र द्धन्दका बेला एक महिलाको जीवन कथा चित्रण गरिएको छ। जो आफ्नो वैवाहिक जीवन बचाउन प्रयासरत हुन्छे।
फेस्टिभलमा विभिन्न विधाका १८० वटा चलचित्र प्रदर्शन हुनेछ। सन् २०१६ को क्विन्स वर्ल्ड फिल्म फेस्टिभलमा नेपाली फिल्म 'डाइङ क्यान्डल'का लागि रविन आचार्यले उत्कृष्ट सिनेमाटोग्राफर अवार्ड पाएका थिए।
यस्तो छ फेस्टिभलमा प्रदर्शन हुने फिल्महरुको पूर्ण सूची