PahiloPost

Jun 15, 2026 | १ असार २०८३

एमालेले धोका दिएको भन्दै विवेकशीलभन्दा आधा मतभार रहेको नेमकिपाले उठायो ४ उम्मेद्वार



नेत्र तामाङ

एमालेले धोका दिएको भन्दै विवेकशीलभन्दा आधा मतभार रहेको नेमकिपाले उठायो ४ उम्मेद्वार

काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनमा १ सय ४४ मतभार रहेको दल विवेकशील साझा पार्टीले कुनै उम्मेदवार प्रस्तुत गरेन। उसले नेपाली कांग्रेसलाई सघाउने सहमति गरिसकेको छ।

विवेकशील साझाको भन्दा आधा मत पनि नरहेको नेपाल मजदुर किसान पार्टी(नेमकिपा)ले भने राष्ट्रिय सभामा ४ जना उम्मेदवार प्रस्तुत गरेको छ।

नेमकिपाबाट गीता काफ्ले, कृष्णबहादुर तामाङ, श्यामु विशुंखे र हिमालेश्वरलाल मुल प्रदेश ३ बाट उम्मेदवार रहेको नेमकिपाका नेता एवं सांसद प्रेम सुवालले जानकारी दिए।

चार जना उम्मेदवार राष्ट्रिय सभामा उठाएको नेमकिपाको मतभार कति छ त?

'विवेकशीलको भन्दा त धेरै कम छ, ५०-६० होला,' नेमकिपाका एक नेताले जनाए।

त्यसो भए उम्मेदवारी किन त? ती नेताले भने, 'कसैसँग पनि गठबन्धन नगर्ने नीति हाम्रो पार्टीले लिएको छ। त्यसैले पनि आफ्नो उपस्थिति त जनाउनैपर्‍यो।'

'मध्यपुरमा स्थानीय निर्वाचनमा एमालेले धोका दिएपछि पार्टीले कुनै दलसँग गठबन्धन नगर्ने नीति लिएको हो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell