PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

एमालेका थापाले परिचयपत्र नवीकरण नगरी राष्ट्रिय सभामा उम्मेदवारी दिएको भन्दै उजुरी



पहिलोपोस्ट

एमालेका थापाले परिचयपत्र नवीकरण नगरी राष्ट्रिय सभामा उम्मेदवारी दिएको भन्दै उजुरी

काठमाडौं: राष्ट्रिय सभा निर्वाचन अन्तरगत प्रदेश ४ का अपाङ्ग उम्मेदवारविरुद्ध उजुरी परेको छ। 

नवीकरण नगरेको अपाङ्ग परिचयपत्र पेश गरेको भन्दै नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा माथि उजुरी परेको हो। 

तनहुँका प्रकाश पन्थले उनको विरुद्धमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन। थापामाथि २०५७ सालमा लिएको अपाङ्गपत्र नवीकरण नगरेको आरोप छ। 

निर्वाचन कार्यतालिका अनुसार आज पाँच बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन पाउनेछ। पन्थको उजुरीमाथि भोलि सुनुवाई हुने आयोगले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell