PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

मेलम्चीको पानी ६ महिना पुरानै पाइपबाट वितरण हुने, नयाँ पाइप परीक्षण र मिटर जडानमा ढिलाई



पहिलोपोस्ट

मेलम्चीको पानी ६ महिना पुरानै पाइपबाट वितरण हुने, नयाँ पाइप परीक्षण र मिटर जडानमा ढिलाई

काठमाडौं: मेलम्चीको खानेपानी आयोजनाको पानी राजधानी आइपुगे पछि ६ महिनासम्म पुरानै पाइपलाइनबाट वितरण गरिने भएको छ। तत्काल नयाँ पाइपलाइनको परीक्षणका लागि समय लाग्ने भएकाले आयोजनाले पुरानै पाइपबाट पानी वितरण गरिने भएको हो।
 
आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले अहिले बिछ्याएको पाइपलाइन परीक्षण गरिसक्न ६ महिना लाग्ने भएकाले त्यतिन्जेल पुरानै पाइपबाट पानी वितरण गरिने जानकारी दिए। उनका अनुसार नयाँ पाइपको परीक्षण सकेपछि मात्रै मिटर जडान थालिने थालिने छ। परीक्षण अघि मिटर जडान गर्दा मिटरमा समस्या आउन सक्ने भएकाले परीक्षणको काम सकिएपछि मात्रै मिटर जडान थालिने उनले जानकारी दिए।

कुल ७७० किलोमिटर पाइपलाइनमा सफा गर्ने, बिग्रेको ठाउँमा मर्मत,निरीक्षण गर्नका लागि ३ महिना लाग्ने तथा भल्भ गेट, मिलाउन र सेट गर्न र ती संरचनाहरुको जाँचका लागि थप तीन महिना लाग्ने आयोजनाले जनाएको छ।

निर्देशनालयका अनुसार आगामी जेठमा मेलम्चीको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा आइपुग्ने छ। त्यसपछि परीक्षणको काम सुरु हुने ढकालले जानकारी दिए। परीक्षणको सम्पूर्ण काम सकिएपछि ६ महिनामा नयाँ पाइपमा नै पानी वितरण भैसक्ने आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ।
 
तर आयोजनाको सुरुङमा कार्यरत प्राविधक इन्जिनियरहरुले भने द्रुत गतिमा काम गरे मेलम्चीको पानी राजधानी आउन अझै दुर्इ वर्ष लाग्ने बताउँदै आएका छन्। आयोजनाको मुहान (हेड वर्क्स) निर्माण, पानी थिग्रयाउने मेसिनलगायत संरचना निर्माण बाँकी नै छ।

यसका साथै अझै पनि आयोजनाको करिब चारसय मिटर सुरुङ निर्माण गर्न बाँकी छ। आयोजनाले खनेको सुरुङको फिनिसिङको काम पनि अझै बाँकी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell