PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

न्यू डायमण्डको लगातार ९ जित



पहिलोपोस्ट

न्यू डायमण्डको लगातार ९ जित

काठमाडौं : शिवम् न्यू डायमण्ड एकेडेमीले राजधानीमा जारी १३औं ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा लगातार नवौँ जित हासिल गरेको छ।

प्रतियोगिताको नवौं दिन शुक्रवार पोखराको टप्स उच्च माविलाई ३-१ को सेटमा पराजित गर्दै न्यू डायमण्डले ९ खेलसम्म अपराजित यात्रा कायम राखेको हो।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार भएको खेलमा डायमण्डले पहिलो सेट गुमाएपनि पुनरागमन गर्दै टप्स विरुद्ध लगातार ३ सेट जित्यो।

पहिलो सेट २५-२० ले जित्दै टप्सले १-० को अग्रता बनाएको थियो। तर त्यसपछि उत्कृष्ट प्रदर्शन गरेको डायमण्डले टप्समाथि २५–१९, २५–१८, २५–९ को सहज जित हात पार्‍यो।

शुक्रवारै भएको अर्को खेलमा नेपाल एपीएफ क्लबले पूर्वाञ्चललाई ३–० को सोझो सेटमा पराजित गर्दै शीर्ष स्थानको डायमण्डलाई पछ्याइरहेको छ। एपीएफले पूर्वाञ्चल २५–७, २५–११, २५–११ को सेटमा हरायो।

यस्तै अर्को विभागीय टोली नेपाल पुलिस क्लबले शुक्रवार दोहोरो जित निकाल्न सफल भयो। पहिलो खेलमा पूर्वाञ्चललाई २५–१०, २५–१२, २५–३ को सेटमा हराएको पुलिसले दोस्रो खेलमा थ्री स्टार एकेडेमीमाथि २५–५, २५–७, २५–४ को सहज जित निकाल्यो।

यसैगरी मेघौली स्पोर्टस् क्लब दाङले स्प्रिङडेललाई २५–२१, २५–१९, २५–१८ ले पराजित गर्दा त्रिभुवन आर्मीले श्रीगाँउ दाङलाई २५–१२, २५–१७, २५–२३ ले हरायो।

नवौ दिनको खेल समाप्तिपछि ९ खेलबाट अपराजित रहँदै २७ अंक जोडेर न्यू डायमण्ड लिगको शीर्ष स्थानमा छ। एक खेल कम खेलेको एपीएफ अपराजित रहँदै २४ अंकका साथ दोस्रो स्थानमा छ। नेपाल पुलिस क्लब ९ खेलबाट २१ अंकसहित तेस्रो तथा आर्मी ८ खेलबाट १८ अंक जोडेर चौथो स्थानमा छ। ७ खेलबाट १५ अंक रहेको टप्स उच्च मावि पाँचौ स्थानमा झरेको छ।

श्रीगाँउ दाङ र पूर्वाञ्चल समान ९ अंकसहित लिगको छैटौँ र सातौँ स्थानमा रहेको छ। १२ टोलीले सहभागिता जनाएको प्रतियोगिताको शीर्ष सात टोली दोस्रो चरणको लागि छनोट हुनेछन्। माघ १९ गतेसम्म चल्ने प्रतियोगिताको दोस्रो लिग माघ १६ गतेबाट हुनेछ।

प्रतियोगिताअन्तर्गत शनिबार पनि ६ खेल हुनेछ। पहिलो खेलमा श्रीगाँउ दाङले मेघौली स्पोर्टस् क्लबसँग खेल्नेछ भने नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लब, शिवम् न्यु डायमण्डले पूर्वाञ्चल, नेपाल एपीएफ क्लबले टप्स उच्च मावि, पुलिसले श्रीगाँउ र मेघौलीले थ्री स्टारसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell