PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

समुन्द्रमाथिको सबैभन्दा लामो पुल बन्यो, बन्दरगाह परीक्षण हुँदै हेर्नुस् फोटो

समुन्द्रमाथिको सबैभन्दा लामो पुल बन्यो, बन्दरगाह परीक्षण हुँदै हेर्नुस् फोटो

पहिलोपोस्ट /पहिलोपोस्ट


विश्वकै सबैभन्दा लामो समुन्द्रमाथिको पुल निर्माण सम्पन्न भएको छ। हङ्कङ, झुहाई र मकाउ जोड्ने यो पुल पूर्ण रुपमा तयार भएको जानकारी गोङ्जाङ प्रान्तका अधिकारीले शुक्रबार दिएका हुन्। यो पुल र यससँगै जोडिएको बन्दरगाहको पनि निर्माण सम्पन भएको छ। चीनले विश्वलाई नै चकित बनाउने गरी तयार पारेको ५५ किलोमिटर लामो पुल र बन्दरगाहमा निर्माण भएको संरचाको परीक्षण भने जारी  रहेको बताइएको छ।

६ वर्षको तयारी र ८ वर्षको निर्माण कार्यपछि चीनले विश्वकै लामो पुल तयार गर्न सकेको हो। निर्धारित अवधिमा नै प्रोजेक्ट पूरा भएको चिनियाँ अधिकारीको दावी छ।

हेर्नुस् बन्दरगाहको फोटो 
- सिन्ह्वा


ट्रेन्डिङ पोस्ट

Ncell