PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

धनुषामा टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु



रासस

धनुषामा टाटा सुमो  दुर्घटना हुँदा ६ जनाको मृत्यु

महेन्द्रनगर (धनुषा) : गणेशमान चारनाथ नगरपालिकाको सडकखण्डमा आज बिहान भएको जीप दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ।

काठमाडौँबाट झापा जाँदै गरेको बा९च ३३१४ नंको टाटासुमो आज बिहान २:३० बजे पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं ८ पोर्ताहामा तीव्र गतिमा रहेको टाटा सुमो अनियन्त्रित भएर कमला पुल नजिकै सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

काठमाडौँबाट झापाका लागि ११ यात्रु बोकेर हिँडेको टाटा सुमो दुर्घटनामा परी संखुवासभा, धर्मदेवी-९ का २९ वर्षीय नयाराज जिबी, विराटनगर–४ का ३५ वर्षीया शारदा रेग्मी दाहाल, खोटाङ निर्मलीडाँडाका २७ वर्षीय ज्ञानबहादुर चौहान, मोरङका ३३ वर्षीय प्रह्लाद न्यौपाने, मोरङ, लेटाङ-८ का खेमकुमार राना मगर र पाँचथर, रवि गाउँपालिका-६ का प्रनिता राईको मृत्यु भएको छ।

दुर्घटनामा घाइते पाँच जनाको उद्धार गरिएको प्रहरी निरीक्षक माधवराज काफ्ले जानकारी दिए। घाइतेको उपचार गणेशमान चारनाथ नगरपालिकाको वीरेन्द्र बजारस्थित दुखनी देवी अस्पतालमा भइरहेको छ। जीपका चालक झापा, कमला गाउँपालिका-५ बस्ने २८ वर्षीय सुदीपप्रसाद पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell