PahiloPost

Mar 23, 2025 | ९ चैत्र २०८१

शिशु हत्या अभियोगमा देवर भाउजु जेल चलान



रासस

शिशु हत्या अभियोगमा देवर भाउजु जेल चलान

पर्वत: वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजु जेल चलान भएका छन्। 

पर्वत जिल्ला अदालतले शुक्रबार उनीहरुलाई कैद सजाय सुनाएको हो। २०७३ कात्तिक १८ गते पर्वतको साविक कुर्घा गाविस–६ हाल फलेवास नगरपालिका–९ कुर्घाकी मीना क्षेत्रीले आफ्नै देवर नातापर्ने विजयराज क्षेत्रीको अवैध सम्बन्धबाट शिशुलाई जन्म दिई नजिकैको खेतमा खाल्डो खनेर गाडेकी थिइन्। 

सोही मुद्दा उपर लामो समयको अनुसन्धान पछि शुक्रबार पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश ध्रवप्रसाद सापकोटाको इजलासले दुबैलाई कैद सजाय हुनेगरी फैसला गरेको हो। शिशु हत्या गर्ने मीना क्षेत्रीलाई सर्वस्वसहित जन्म कैद र विजयराजलाई २० वर्ष जन्म कैदको फैसला गरिएको हो। 

मीनाले श्रीमान् कुलबहादुर क्षेत्रीलाई ढाकछोप गरेर बच्चालाई जन्म दिई आफ्नै खेतमा खाल्डो खनेर गाडेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। तत्पश्चात मीनाका श्रीमान् कुलबहादुर क्षेत्रीले हाडनाता र कर्तब्य ज्यान अन्तर्गत दुबैलाई सजायको माग गर्दै जिल्ला अदालतमा २०७३ मंसिर ९ गते मुद्दा दर्ता गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell