PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

देउवा सरकारको निर्णयबारे एमालेले जे बोल्यो माओवादीको भनाइ पनि त्यही हो: प्रचण्ड



पहिलोपोस्ट

देउवा सरकारको निर्णयबारे एमालेले जे बोल्यो माओवादीको भनाइ पनि त्यही हो: प्रचण्ड

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुनको दोस्रो साताभित्र नयाँ सरकार गठन हुने बताएका छन। 

भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले राष्ट्रिय सभा निर्वाचनपछि मात्र प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक गर्ने भएकोले नयाँ सरकार बन्न ढिलाई भएको बताएका हुन्। 

सरकारले गरेका गम्भीर खालका निर्णयहरुले नेपाली कांग्रेसको लोकतान्त्रिक चरित्रमाथि प्रश्न उठेको प्रचण्डले बताए। उनले यो सरकारले यस्ता निर्णय गरेर गल्ती गरेको समेत उल्लेख गरे। 

सरकारले गरेका निर्णय प्रति नेकपा एमालेले पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले गरेका निर्यणमा पुनर्विचार गर्ने जनाइसकेको छ। 

सरकारका निर्णयप्रति एमालेले खबरदारी गरेको छ। तपाई किन मौन भन्ने प्रश्नमा प्रचण्डले भने, 'एमाले अध्यक्ष केपी ओलीले संयुक्त पत्रकार सम्मेलनका लागि खबर गर्नु भएको थियो। तर म केही कार्यक्रमको लागि काठमाडौं बाहिर रहेकोले उहाँलाई जे कुरा भन्नु हुन्छ, भन्नुस भनेर सहमति दिएको थिए। हाम्रो कुरा पनि त्यही हो।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell