PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

प्रहरीको स्टिङ अप्रेसनः जालमा प्रहरी नै



पहिलोपोस्ट

प्रहरीको स्टिङ अप्रेसनः जालमा प्रहरी नै
फोटो श्रोत: denetimakademisi.com

काठमाडौं: गत मंसिरको पहिलो साता नयाँ बसपार्क प्रहरी प्रभागमा कार्यरत प्रहरी इनिस्पेक्टर हरिहर सुनुवारले घुस लिइरहेको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा  आयो। आयोगको टोलीसँग कुनै सबुत प्रमाण भने थिएन।

प्रहरी निरीक्षकले बसपार्कका होटेलसँग घुस लिने गरेको देखिएको थियो। त्यसपछि आयोगले सेवाग्राहीलाई पचास हजार रुपैयाँको बिटो दियो। घुस लिन पल्किएका प्रहरी सुनुवारले सोही सेवाग्राहीलाई फोन गरेर पैसा लिन पुगे।

अख्तियारको टोलीले चालेको स्टिङ अप्रेसन उनलाई पत्तै भएन। प्रहरी निरीक्षक घुस रकमसहित रंगेहात पक्राउ परे।

प्रहरी निरीक्षक सुनुवार मात्र होइन अख्तियारको स्टिङ अप्रेसनमा प्रहरीका डिएसपी समेत रंगे हात पक्राउ परेका छन्। आर्थिक बर्षको ६ महिनामा पाँच प्रहरी स्टिङको पासोमा परेका हुन्।

गत असोज १० गते प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भाट र बाल सुधार गृह भक्तपुरमा कार्यरत प्रहरी जवान पुष्कर शाह तथा आफूलाई प्रहरी भन्ने विनोद थापालाई पाँच लाख घुससहित पक्राउ गरेको थियो। अख्तियारको टोलीले उनीहरुलाई पनि स्टिङ अप्रेसनबाट नियन्त्रणमा लिएको हो।

'स्टिङ अप्रेसन' अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले कुनै सरकारी कर्मचारीले घुस लिए रहेको सुचना पाएमा पत्ता लगाउने अचुक माध्यम बन्दै गएको छ। आयोगमा कार्यारत एक कर्मचारी भन्छन्' स्टिङ् अप्रेसनको माध्यमले सजिलै घुसिया पहिचान गर्ने र सबुत भेटाउन सकिन्छ।'

अख्तियारको टोलीले अख्तियार प्रहरी महाशाखाको सहयोगमा स्टिङ अप्रेसन गर्दै आएको छ। गतबर्ष मात्र आयोगको टोलीले ५४ वटा स्टिङ अप्रेसन गरेको थियो। चालु आर्थिक बर्ष ६ महिनामा मात्र ४५ वटा भन्दाबढी स्टिङ अपरेसन भइसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell