PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

काबुलमा दुतावासहरु रहेको सहर नजिकै बम बिस्फोट: ४० को मृत्यु, १४० घाइते



पहिलोपोस्ट

काबुलमा दुतावासहरु रहेको सहर नजिकै बम बिस्फोट: ४० को मृत्यु, १४० घाइते
फोटो: रोयटर्स

अफगानिस्तान: अफगानिस्तानको राजधानी काबुलस्थित प्रहरी चेकप्वाइन्टमा बम बिस्फोट हुँदा ४० जनाको मृत्यु भएको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका छन्।

एम्बुलेन्समा लुकाएर ल्याएको बम विस्फोट हुँदा १४० जना घाइते भएका छन्।

विस्फोट भएको क्षेत्र नजिकै सरकारी भवनहरु र विदेशी नियोगका कार्यालयहरु रहेका छन्। विस्फोटको जिम्मा तालिवानले लिएको छ।

विस्फोटमा परी घाइते भएकाहरुलाई अस्पताल लैजाने क्रम जारी रहेको इटालियन इमर्जेन्सी ग्रुपका कोअर्डिनेटर डेजन प्यानिकले बताएका छन्। उनले आफैले मात्र ५० जना घाइतेलाई अस्पताल ल्याएको जनाएका छन्।-रोयटर्स



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell