PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

मुख्यमन्त्री टुंगो लगाउन वाम गठबन्धनको कार्यदल बैठक भोलि



पहिलोपोस्ट

मुख्यमन्त्री टुंगो लगाउन वाम गठबन्धनको कार्यदल बैठक भोलि

काठमाडौं: राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार निर्माणको गृहकार्य गर्ने जिम्मा पाएको एमाले–माओवादीको संयुक्त कार्यदल प्रदेश सरकार गठनमा जुटेको छ। 

राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनको लागि पुष २५ गते बसेको पार्टी एकता संयोजन समितिको बैठकले संयुक्त कार्यदल बनाएको थियो। 

प्रदेश सरकार निर्माणको लागि माघ ११ गते कार्यदलको बैठक बसेको थियो। कार्यदल सदस्य तथा माओवादी नेता बर्षमान पुन, मात्रिका यादव र एमाले नेत शंकर पोखरेल बैठकमा उपस्थित हुन नसके पछि सामान्य छलफल मात्र भएको कार्यदलका सदस्य एवं एमाले नेता सुरेन्द्र पाण्डेले प्रतिक्रिया दिएका थिए। 

उनले भोलि आईतबार बस्ने कार्यदलको बैठकले सम्भबत प्रदेश सरकार गठनको कुरा टुङ्गो लगाउने सहमति बनेको जानकारी दिएका थिए। 
प्रदेश १ र ३ मा एमालेले एकल सरकार बनाउन सक्ने बहुमत छ। प्रदेश ५ मा पनि एमाले स्थायी कमिटि सदस्य शंकर पोखरेललाई मुख्यमन्त्री बनाउन माओवादीले सहमति दिएको एमाले नेताले बताएका थिए। 

प्रदेश ४ को मुख्यमन्त्रीका लागि एमाले नेताहरुको नाम चर्चामा रहेको छ। माओवादीले २ प्रदेशमा मुख्य मन्त्रीको दावी गरेको छ। प्रदेश ६ र ७ मा माओवादीलाई दिने सम्भावना रहेको खबर पनि सार्वजनिक भएका थिए। 

६ नम्बर एमाले प्रदेश संगठनले माओवादीलाई मुख्यमन्त्री नदिन केन्द्रीय कमिटिलाई दबाब दिएको थियो। यो प्रदेशमा ४० जना प्रदेश सभा सदस्य छन। जसमा २० जना सदस्य एमालेको रहेका छन। 

मुख्यमन्त्रीहरुको चयन प्रदेशबाट नटुङ्गिए केन्द्रले टुङ्गो लगाउने एमाले नेता सुरेन्द्र पाण्डेले बताए। आईतबार बस्ने कार्यदलको बैठकले प्रदेश सरकारबारे निर्णय गर्ने छ।

प्रदेश २ मा मधेशवादी दलले प्रदेश सरकार गर्ने निश्चित भएसँगै राजपाले मुख्यमन्त्रीमा दाबी गरिसकेको छ। एमालेका महासचिव इश्वर पोखरेलले अाजैमात्र मधेशवादी दललाई प्रदेश सरकार गठन गर्न सघाउने जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell