PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

को हुन् आइपीएलमा करोडको बोली लगाउने यी किशोरी?



पहिलोपोस्ट

को हुन् आइपीएलमा करोडको बोली लगाउने यी किशोरी?

इन्डियन प्रिमियर लिग (आइपीएल)को अक्सनले अहिले सारा क्रिकेट प्रेमीको ध्यान तानेको छ। कुन खेलाडीलाई कुन टिमले कतिमा किन्छ भने चर्चा चलिरहेका बेला आइपिएल अक्सनमा बस्ने दुई जनाले भने सबैको ध्यान तानेको छ।

बलिउड सुपर स्टार तथा किंग खान साहरुख खानको टिम कोलकता नाइट राइडर्सको अक्सन टेबलमा छन् १७ वर्षीया किशोरी जानवी मेहता। यस्तै बिलिनियर मुकेश अम्बानीका छोरा आकाश छन् मुम्बई इन्डियन्सको अक्सन टेबलमा।

दुवै जना खेलाडीमाथि करोडौँको बोली लगाउँछन्। तर अम्बानी भन्दा जानवीको नामले बढी चर्चा पाएको छ।

जानवी मेहता ९० को दशकमा बलिउडमा छाएकी जुही चावला तथा जे मेहताको छोरी हुन्। उनी भर्खर १७ वर्षी भइन्। अक्सन टेबलमा बस्ने मध्ये जानवी सबैभन्दा कम उमेरकी बनेकी छिन्।

जानवी लण्डनको चार्टर हाउसमा अध्ययन गर्छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell