PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

डिभिजन टू तयारीका लागि नेपाली टोली युएई प्रस्थान



पहिलोपोस्ट

डिभिजन टू तयारीका लागि नेपाली टोली युएई प्रस्थान
फोटो : क्रिकेटिङ नेपाल

काठमाडौं : नामिवियामा हुने आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज युएई प्रस्थान गरेको छ।

नेपालले एक साताको युएई बसाईमा तीन अध्यास खेल खेल्ने तय भएको छ।

नेपाली टोली फेब्रुअरी  ४ मा नामिविया प्रस्थान गर्ने कार्यक्रम छ। फेब्रुअरी ८ बाट सुरु हुने डिभिजन टू मा नेपालसँगै आयोजक नामिविया, केन्या, युएई, क्यानडा र ओमानले प्रतिस्पर्धा गर्नछन्।

सिंगल राउण्ड रोविन लिगपछि अंक तालिकाको शीर्ष दुई स्थानमा हरने टिम मार्चमा जिम्वावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायरमा छनोट हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell