PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

न्यू डायमण्ड र एपीएफको अपराजित यात्रा कायमै, पुलिसको दोहोरो जित



पहिलोपोस्ट

काठमाडौं : राजधानीमा जारी १३औं ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा शिवम् न्यू डायमण्ड र सशस्त्र प्रहरीको एपीएफले अपराजित यात्रा कायम राख्दा विभागीय टोली नेपाल पुलिस क्लबले शनिवार दोहोरो जित हात पार्दै पहिलो लेगको अन्त्य गरेको छ।

नयाँ बसपार्कस्थित ढोरपाटन ट्रेनिङ सेन्टरको मैदानमा भएको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई २५–१३, २५–२, २५–२० को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दा दोस्रो खेलमा श्रीगाँउ दाङमाथि २५–७, २५–११, २५–११ को सहज जित निकाल्यो।

आर्मीविरुद्धको तीनै सेटमा पछि परेको स्थिति उल्ट्याउदै पुलिसले रोमाञ्चक जित निकालेको हो। दोस्रो चरणको लागि छनोट भएको पुलिसको ११ खेलबाट २७ अंक पुगेको छ।

लिगमा लगातार १० खेल जित्ने क्रममा शीर्ष स्थानमाको न्यू डायमण्ड एकेडेमीले पूर्वाञ्चल क्षेत्रीय भलिबल टिमलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। डायमण्डले पूर्वाञ्चललाई २५–५, २५–५, २५–३ को सहज नतिजामा हरायो। जितपछि न्उ डायमण्ड १० खेलबाट ३० अंक जोडेर शीर्ष स्थानमा आसिन छ।

शीर्ष स्थानको डायमण्डले पहिलो लिगमा लिगमा अपराजित रहन सफल अर्को टोली नेपाल एपीएफसँग खेल्न बाँकी छ। उक्त खेल सोमबार हुनेछ।

यता टप्स उच्च मावि पोखराले लगातार तेस्रो हार बेहोरेको छ। शनिवार भएको खेलमा टप्स विभागीय टोली नेपाल एपीएफ क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको हो। विभागीय टोली पुलिससँग पहिलो खेल हारेको टप्सले शुक्रबार न्यू डायमण्डसँग पनि पराजित भएको थियो। एकपक्षीय बनेको खेलमा टप्सलाई एपीएफले २५–१८, २५–१३, २५–१४ को सोझो सेटमा पराजित गर्‍यो।

जितपछि ९ खेलबाट अपराजित रहदै २९ अंक जोडेको एपीएफले शीर्ष स्थानको न्यू डायमण्डलाई पछ्याइरहेको छ। पहिलो लिगमा दुई खेल खेल्न बाँकी एपीएफ लिगको दोस्रो स्थानमा यथावत छ।

श्रीगाँउ दाङले पुलिससँग पराजित हुनुअघि मेघौली स्पोर्टस् क्लब चितवनमाथि २५–२२, २५–१५, २५–१४ को जित निकालेको थियो। अर्को खेलमा मेघौली स्पोर्टस् क्लब चितवनले थ्री स्टार एकेडेमीमाथि २५–६, २५–८, २५–१ को सहज जित निकाल्यो। पहिलो लिगमा अब १२ खेल हुन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell