
काठमाडौं : बहुप्रतिक्षित इन्डियन प्रिमियर लिग (आइपीएल) को ११औँ संस्करणको प्रतियोगिताको लागि शनिवार पहिलो दिनको खेलाडी लिलामी (प्लेअर्स अक्सन) सम्पन्न भएको छ। यो क्रम आइतबार पनि जारी रहनेछ।
शनिवार बेंगलुरुमा सुरु भएको अक्सनमा केही अनपेक्षित परिणामहरु आए।
#IPLAuction Day One summary:
— IPL 2018 #IPL2018 (@IPLT20_Official) January 27, 2018
110 players auctioned
78 sold (49 Indians, 29 overseas)
32 unsold
RTM exercised 16
Total money spent 321.1 crores
Biggest buy: Ben Stokes - 12.50 cr to RR
टी-२० का स्पेशलिस्ट ब्याट्म्यान वेष्ट इन्डिजका क्रिस गेललाई पहिलो दिन कुनै फ्रेन्चाइजले बोली लगाएनन्। उनी अनसोल्ड भएपछि टेलिभिजन कमेन्टरले गेल अनसोल्ड भन्दै टी-२० का लेजेण्ड भनेका थिए। यस्तै लगातार दश संस्करण मुम्बई इन्डियन्सबाट खेलेका श्रीलंकन फास्ट बलर लथिस मालिंगा समेत पहिलो दिन बिकेनन्।
यसैगरी आइपीएल अक्सनमा डेब्यु गरेका इंगल्याण्डका जो रुट, न्युजिल्याण्डका मार्टिन गप्टिल र मिचेल म्याकलेनघान, अष्ट्रेलियाका मिचेल जोनसन र जोस हाजलउड, दक्षिण अफ्रिकाका हासिम अमलालाई पनि कसैले बोली लगाएनन्।
पहिलो दिन लिलामी भएका खेलाडीमध्ये इंगल्याण्डका बेन स्टोक सबैभन्दा महँगा बने। उनलाई दुई वर्षपछि आइपीएल फर्केको राजस्थान रोयल्सले साढे १२ करोडमा किनेको हो।
यस्तै भारतीय खेलाडीतर्फ मनिस पाण्डे र लोकेश राहुल समान ११ करोडमा लिलामी भए। मनिसलाई सनराइजर्स हैदरावाद तथा राहुललाई किंग्स एलेभेन पञ्जावले लिए।
कोलकता नाइट राइडर्सले क्रिस लिनलाई ९ करोड ६० लाख तथा मिचेल स्टार्कलाई ९ करोड ४० लाखमा किन्यो।
अफगानिस्तानी युवा खेलाडी रसिद खानलाई हैदरावादले ९ लाखमा राइट टू म्याच मार्फत लियो।
गौतम गम्भिरलाई कोलकता नाइट राइडर्स राइट टू म्याच अन्तर्गत नलिएको विषय पनि चर्चित बन्यो। गम्भिरलाई घरेलु टोलीले दिल्ली डेयर डेभिल्लसले लियो।
दिल्लीले ग्लेन म्याक्सबेललाई ९ करोड खर्च गर्यो। यस्तै अनक्याप्ड प्लेअरमध्ये क्रुनल पाण्ड्या सबैभन्दा महँगा बने। उनलाई मुम्बईले राइट टु म्याचमार्पत ८ करोड ८० लाखमा किन्यो।
पहिलो दिनमा अक्सनबाट केही नयाँ खेलाडीले समेत आइपीएलमा डेब्यु जनाएका छन्। जसमा इंगल्याण्डका मोइन अली, अष्ट्रेलियाका जोफ्रा आर्चर र डिआर्च सर्ट तथा भारतीय यू-१९ का खेलाडी पृथ्वी शाह, सुभम गिल र कमलेश नगरकोटी छन्।
पहिलो दिन कूल ११० खेलाडीको अक्सन सम्पन्न भयो। जसमा कूल ७८ खेलाडी बिक्रि भए भने ३२ अनसोल्ड रहे। ७८ मध्ये ४९ भारत तथा २९ विदेशका छन्। सनराइजर्सले पहिलो दिनै १४ खेलाडी किन्दै आफ्नो टिममा १६ खेलाडी पूर्याएको छ।
अब दोस्रो दिन बाँकी खेलाडीको अक्सन हुनेछ। यस्तै पहिलो दिन अनसोल्ड रहेका खेलाडीलाई कुनै फ्रेन्चाइजले चाहेमा पुन: अक्सन गराउन सकिनेछ।
नेपालबाट आइपीएलको अक्सनमा परेका खेलाडी सन्दीप लामिछानेको पनि भोली नै अक्सन हुनेछ। उनी डिभिजन टू तयारीका लागि आजै नेपाली टोलीसँग युएई गएका छन्।