PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

विमल घर्ती मगरले पनि आइ लिग खेल्ने



पहिलोपोस्ट

विमल घर्ती मगरले पनि आइ लिग खेल्ने

काठमाडौं : नेपालका नम्वर वान गोलकिपर किरण चेम्जोङले भारतीय आइ लिगमा डेब्यु गरेकै दिन नेपालका अर्का खेलाडीविमल घर्ती मगरलाई आइ लिग क्लब मोहन बगानले अनुबन्ध गरेको छ। चार दिन अघि मात्र नेपालका किरणलाई आइ लिगको शीर्ष स्थानमा रहेको मिनेर्भा पञ्जावले अनुबन्ध गरेको थियो।

कोलकता बेस्ड क्लब मोहन बगानले २०१७-१८ को बाँकी सिजनका लागि विमललाई भित्र्याएको हो। विमललाई सोनी नोर्देको स्थानमा क्लबले अनुबन्ध गरेको गोल डट कमले जनाएको छ। यसअघि नेपालका हरी खड्काले पनि मोहन बगानका लागि खेलेका थिए।

हाल थ्री स्टार क्बलबाट नकआउट टुर्नामेन्ट खेलिरहेका विमलले नेपाली राष्ट्रिय टोलीका लागि १४ वर्षको उमेरमा डेब्यु गरेका थिए। उनले यसअघि बेल्जियन क्लब एन्डरलेक्टको युवा टिमका लागि समेत खेलिसकेका छन् भने नेदरल्याण्डको एफसी ट्वेन्टेका प्रशिक्षण गरेका थिए।

भारतको आइ लिग खेल्ने अन्य नेपाली खेलाडीमा अनिल गुरुङ (शिलोङ लाजोङ) र रोहित चन्द (हल) छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell