PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

ला लिगा : रियल मड्रिडले भ्यालेन्सियालाई हरायो, रोनाल्डोको दुई पेनाल्टी गोल



पहिलोपोस्ट

ला लिगा : रियल मड्रिडले भ्यालेन्सियालाई हरायो, रोनाल्डोको दुई पेनाल्टी गोल

स्पानिस ला लिगा अन्तर्गत शनिवार भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई ४-१ ले पराजित गरेको छ। रियलका लागि पहिलो हाफमा क्रिस्टियानो रोनाल्डोले दुई वटा पेनाल्टीमा गोल गरे। यससँगै क्लब र देशका लागि गरी रोनाल्डोले पेनाल्टीबाट गरेका गोल संख्या १०१ पुगेको छ।

दोस्रो हाफमा घरेलु टोलीका लागि सान्टि मिनाले एक गोल गर्दै भ्यालेन्सियालाई खेलमा पर्काउने प्रयास गरेका थिए। तर अन्तिम ६ मिनेटमा मार्सेलो र टोनी क्रुसले रियलका लागि गोल थपेपछि रियलले सहज जित हात पार्‍यो।

जितपछि २० खेलबाट ३८ अंक जोडेको रियल चौथो स्थानमा यथावत छ भने दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँग अंक दुरी ५ तथा तेस्रो स्थानको भ्यालेन्सियासँग अंकदूरी २ मा झारेको छ।

समान २० खेल खेलेको बार्सिलोना ५४ अंकका साथ लिगको शीर्ष स्थानमा आसिन छ। भ्यालेन्सियाले २१ खेल खेलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell