PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

मैत्रीपूर्ण भलिबल : नेपालले हङकङ नेप्लिज टोलीलाई हरायो



पहिलोपोस्ट

मैत्रीपूर्ण भलिबल : नेपालले हङकङ नेप्लिज टोलीलाई हरायो
फोटो : एनएसजेएफ

हङकङ : नेपाली राष्ट्रिय भलिबल टोलीले शनिबार हङकङ नेप्लिज टिमलाई ३-१ ले हराएको छ।

हङकङको चुनमुन बाटर्फ्लाईबिचको कोर्टमा भएको खेलमा नेपाली टोलीले यहाँ बसोबास गर्ने नेपालीहरुको टोली हङकङ नेप्लिज टिमलाई  २५-२३, २५-२०, २०-२५, २५-१७ को सेटमा पराजित गरेको हो। 

पुर्व राष्ट्रिय खेलाडी सञ्जय अर्यालको कप्तानीमा रहेको हङकङ नेप्लिज टिममा उत्तम थापा, सुनिल श्रेष्ठ, राजु रोका, जसबहादुर गुरुङ, नैना गुरुङ, गंगा गुरुङ, युबराज गुरुङ, मिलन शाही, धनु श्रेष्ठ, कुशल कार्की र रविन खड्काले खेलेका थिए।

नेपालले आईतवार र सोमवार हङकङबिरुद्द मैत्रीपूर्ण खेल खेल्दैछ। त्यसलगत्तै नेपालले मकाउसँग बुधवार मैत्रीपूर्ण खेल खेल्नेछ।

नेपालका प्रशिक्षक जगदिश भट्टले पहिलो रोजाइको टोलीलाई आराम दिएकाले तेस्रो सेट गुमाउनु परेको बताए। ‘भोली हङकङबिरुद्द खेल्नुपर्ने भएकाले ४० प्रतिशत मात्र इफोर्ट लगाएर खेलेका थियौँ। उनिहरूले पनि राम्रो खेले। कमजोरी सुधार गरी भोली हङकङबिरुद्द राम्रो गर्ने छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell