PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

एफए कप : लिभरपुल बाहिरियो, टोटनहमले फेरि खेल्नुपर्ने



पहिलोपोस्ट

एफए कप : लिभरपुल बाहिरियो, टोटनहमले फेरि खेल्नुपर्ने

वेष्ट ब्रोमसँग ३-२ ले पराजित हुँदै लिभरपुल एफए कपको चौथो चरणबाटै बाहिरिएको छ। उता न्युपोर्ट काउन्टीसँग बराबरीमा रोकिएपछि टोटनहमले भने रिप्ले म्याच खेलनुपर्ने भएको छ।

घरेलु मैदान एनफिल्ड पहिले अग्रता लिएर पनि लिभरपुल पराजित भएको हो।

खेलको तेस्रो मिनेट रोवर्टो फिर्मिनोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। त्यसको दुई मिनेटपछि नै जे रोड्रिगेजले वेष्टब्रोमको बराबरी गोल गरे। ११औँ मिनेटमा रोड्रिगेजले व्यक्तिगत दोस्रो गोल गर्दै वेष्टब्रोमलाई २-१ को अग्रता दिलाए।

पहिलो हाफमा अन्त्यतिर लिभरपुलका जोएल मातिपले आत्मघाती गोल गरेपछि वेष्टब्रोमले ३-१ को अग्रता दिलाए।

मोहम्मद सलाहाले ७८औँ मिनेटमा गोल गर्दै गोल अन्तर कम पारेका थिए। तर त्यसपछि गोल थप्न नसक्दा लिभरपुल बाहिरियो।

उता ह्यारी केनले ८ मिनेट बाँकी रहदा गोल गरेपछि टोटनहमले न्युपोर्ट काउन्टीसँग १-१ को  बराबरी खेलेको छ। अब यी दुई बीच पुन: खेल हुनेछ।

त्यसअघि प्राडाइग अमोन्ड ३८औँ मिनेटमा गोल गर्दै घरेलु टोली न्युपोर्टलाई अग्रता दिलाएका थिए।

चौथो चरणकै अन्य खेलहरुमा प्रिमियर लिगका लेस्टर सिटी, साउथह्याम्पटन र ब्राइटन विजयी हुँदा वेष्टहम भने पराजित भएको छ। लेस्टरले पिटरवर्ग युनाइटेडलाई ५-१ ले हरायो भने साउथह्याम्पटनले प्रिमियर लिगकै वाटफोर्डलाई १-० ले पराजित गर्‍यो।

यस्तै वेष्टहम विगान एथ्लेटिकसँग २-० ले पराजित भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell