PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

कभानीले तोडे इब्राहिमोभिचको कीर्तिमान



पहिलोपोस्ट

कभानीले तोडे इब्राहिमोभिचको कीर्तिमान

फ्रेन्च लिग वानमा लिग लिडर पेरिस सेन्ट जर्मेन पिएसजीले मोन्टपिलरलाई ४-० ले पराजित गरेको छ। पिएसजीको सहज जितमा नेमारले दुई गोल गरे भने एडिनसन कभानी र एन्जल डि मारियाले एक-एक गोल गरे।

खेलको ११औँ मिनेटमै पिएसजीका लागि पहिलो गोल गरेका कभानीले ज्लाटन इब्राहिमोभिचको सर्वाधिक गोलको कीर्तिमा तोडेका छन्।

उक्त गोलसँगै कभानीले पिएसजीको लागि सर्वाधिक १५७ गोल पूर्‍याएका हुन्। यसअघि ज्लाटनले १५६ गोल गर्दै कीर्तिमान कायम गरेका थिए।

मोन्टपिलरलाई पराजित गरेपछि २३ खेलबाट ५९ अंक जोडेको पिएसजीले दोस्रो स्थानको लियोनमाथि ११ अंकको अग्रता कायम गरेको छ। एक खेल कम खेलेको लियोनको ४८ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell