PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

प्रदेशसभा अधिवेशन धमाधम बोलाइँदै, कुन प्रदेशको कहिले अधिवेशन?



पहिलोपोस्ट

प्रदेशसभा अधिवेशन धमाधम बोलाइँदै, कुन प्रदेशको कहिले अधिवेशन?

काठमाडौँ: संघीय संरचनामा पहिलोपटक गठन भएका प्रदेशसभाका अधिवेशन धमाधम आह्वान भइरहेका छन्। निर्वाचन परिणाम प्राप्त भएको २० दिनभित्र अनिवार्य रुपमा अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण सातमध्ये पाँच प्रदेशले अधिवेशन आह्वान गरिसकेका छन्।

प्रदेश नम्बर १ र ६ को अधिवेशन भने अझै डाकिएको छैन। संवैधानिक प्रावधान अनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान र अन्त्य गर्नेछन्। अन्त्यका लागि भने प्रदेश सरकारको सिफारिस आवश्यक पर्नेछ।

प्रदेशसभाको निर्वाचन परिणाम प्राप्त भएको मितिले ३० दिनभित्र सरकार गठन हुनुपर्नेछ । यसकारण फागुन ५ भित्र सरकार गठन गरिसक्ने गरी अधिवेशन आह्वान गरिएका हुन्।

 

कहाँको अधिवेशन कहिले?

प्रदेश १ टुंगो नभएको

प्रदेश २ मा माघ २१ गते

प्रदेश ३ मा माघ १८ गते

प्रदेश ४ मा माघ २२ गते

प्रदेश ५ मा माघ २१ गते

प्रदेश ६ टुंगो नभएको

प्रदेश ७ मा माघ २१ गते



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell