PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

सन्दीप लामिछाने आइपीएलमा छानिएलान्? यस्तो लेख्छन् भारतीय मिडिया



पहिलोपोस्ट

सन्दीप लामिछाने आइपीएलमा छानिएलान्? यस्तो लेख्छन् भारतीय मिडिया

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)को ११औँ संस्करणका लागि हिजोबाट सुरु भएको अक्सन आज पनि जारी छ। आइपीएल अक्सन लिस्टमा पर्ने पहिलो नेपाली बनेसँगै सन्दीपको नाम चर्चामा छ।

५ सय ७८ खेलाडी रहेको अक्सनको सूचीमा सन्दीपको नाम २७६औँ स्थानमा छ। उनी अनक्याप्ड स्पिनरको लिस्टमा छन्। उनको बेस प्राइस भारु २० लाख छ।

सन्दीपलाई कुनै फ्रेन्चाइजले बोली लगाए उनी आइपीएलमा छनोट हुने पहिलो नेपाली खेलाडी बन्नेछन्।

अक्सन भइरहँदा सन्दीप छानिने वा नछानिने भनेर नेपाल र भारतीय मिडियाहरु चर्चा भइरहेको छ। नेपाली क्रिकेट प्रेमीहरु सन्दीपलाई कुनै फ्रेन्चाइजले लियोस् भन्ने चाहन्छन्। हाल सन्दीप डिभिजन टू को तयारीका लागि नेपाली टोलीसँग युएईमा छन्।

सहभागी फ्रेन्चाइजहरुको रकम कम हुँदै गएको र एक टिमले ८ विदेशी खेलाडी राख्न पाउने प्रावधान भएका कारण सन्दीपको केही सम्भावना भने रहेको छ।


के भन्छन् भारतीय मिडिया?

भारतीय मिडियाहरुले चर्चित अनक्याप्ड प्लेअर्सको लिस्टमा भारतीय यू-१९ टोलीका खेलाडीसहित नेपालका सन्दीपलाई पनि राखेको छ।

हिन्दुस्थान टाइम्सले १० अनक्याप्ड प्लेअर्स जसले धेरै मूल्य पाउन सक्छ भन्दै लिस्ट बनाएको छ। जसमा भारत यू-१९ का कप्तान पृथ्वी शाह, फास्ट बलर कमलेश नगरकोटी, सुभम गिल, अष्ट्रेलियाका डिअर्च सार्ट, वेष्टइन्डिजका जोफ्रा आर्चर नेपालका सन्दीप लामिछाने लगायत छन्।

सन्दीप बाहेकका यी अरु खेलाडी पहिलो पटक आइपीएलका लागि छनोट भएका छन्।

यस्तै उक्त लिस्टमा रहेका नवदिप सैनी पनि छनोट भइसकेका छन्।

यस्तै स्पोर्ट्स लाइभले ठूलो सपना पछ्याइरहेका 'मिनोज' खेलाडी भनेर सूची बनाएको छ। जसमा नेपालका सन्दीपसँगै क्यानडाका हम्जा तारिक, आयरल्याण्डका पउल स्टर्लिङ जस्ता खेलाडीको नाम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell