PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

५० केजी चरेशसहित रोल्पामा दुई जना पक्राउ



पहिलोपोस्ट

५० केजी चरेशसहित रोल्पामा दुई जना पक्राउ

काठमाडौंः प्रहरीले शनिबार राति ५० केजी चरेशसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रदेश नम्बर ५ प्रहरी कार्यालयको विषेश ब्यूरोले रोल्पा थवाङ गाँउपालिका ३ घर्तीगाँउबाट ५० किलो अवैध लागूऔषध चरेशसहित २ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा लातावाङका २२ वर्षीय प्रश्न बुढामगर र शेरबहादुर बुढामगर रहेको  एआइजी मधु पुडासैनीले बताए।

उनीहरुले उत्पादन गरेको चरेश भारत लगायतका देशमा विक्री गर्ने गरेको खुलेको छ। उनीहरुले एक केजी चरेशको ४० हजारदेखि ७० हजार रुपैयाँसम्म विक्री गर्ने गरेको अनुसन्धानमा देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell