PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

एमबीबीएस भर्ना शुल्कमा कलेजको मनोमानी, आइओएमले दियो यस्तो निर्देशन



पहिलोपोस्ट

एमबीबीएस भर्ना शुल्कमा कलेजको मनोमानी, आइओएमले दियो यस्तो निर्देशन

काठमाडौँः एमबीबीएस भर्नाको लागि मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिन थालेपछि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले बढी शुल्क नलिन कलेजहरुलाई ध्यानाकर्षण गराएको छ। आइओएमले बढी शुल्क नतिर्न अभिभावक, विद्यार्थीलाई समेत आग्रह गरेको छ।

सूचना जारी गर्दै आइओएमले अतिरिक्त शुल्क लाग्ने शीर्षक नै तोकिदिएको छ। आइओएम डीन कार्यालयले जारी गरेको सूचना अनुसार कलेजहरुले परीक्षा शुल्क, छात्रावास शुल्क र खाना शुल्क मात्र थप लिन पाउँनेछन्।

आइओएम अन्तर्गतका मेडिकल कलेजहरुमा अहिले एमबीबीएस भर्ना चलिरहेको छ। भर्ना चलिरहँदा मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएको भन्ने गुनासो सुनिँदै आएको छ। विद्यार्थीहरुले प्रमाणसहित उजुरी गरिरहेका छन्।

सरकारले विद्यार्थीसँग उपत्यकाभित्रका मेडिकल कलेजमा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ लिन पाउने व्यवस्था गरेको छ।

विद्यार्थीलाई कलेजले सार्वजनिक गरेको बैंक खातामा ५० प्रतिशत पहिलो किस्ता बापत जम्मा गरी अनलाइन प्रक्रियाद्वारा भर्ना हुन भनिएको छ।  विद्यार्थीको दबाब र गुनासोपछि डीन कार्यालय शीर्षक नै तोकेर शुल्कबारे स्पष्ट पार्न बाध्य भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell