PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

राजधानीमा 'ग्याङफाइट': खुकुरी प्रहारबाट तीनजना घाइते, एकको अवस्था गम्भीर



पहिलोपोस्ट

राजधानीमा 'ग्याङफाइट': खुकुरी प्रहारबाट तीनजना घाइते, एकको अवस्था गम्भीर

काठमाडौं: शनिबार राजधानीमा भएको ग्याङफाइटमा तीन जना घाइते भएका छन्। शनिबार राति मदिरा सेवनपछि काठमाडौंको बालाजु चोकमा ग्याङफाइट भएको हो।

ग्याङफाइटमा सुरज थापा, मानबहादुर घले र सुवास लामिछाने घाइते भएका छन्। दुई समूहको विवादमा खुकुरी प्रहार भएको थियो। महानगरीय प्रहरी बृत बालजुका प्रमुख डिएसपी विश्वराज खड्काले मदिरा सेवनपछि विवाद हुँदा फाइट भएको बताए।

घाइते थापाको पिपुल्स अस्पतालमा उपचार भइरहेको छ। घाइते थापाको अवस्था गम्भीर रहेको डिएसपी खड्काले बताए। घले र लामिछाने गाडी चालक हुन्।

मदिरा सेवन गरेर थापालाई गाडीमा छोड्न जाँदा चार जनाको समूहले खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहार गर्ने समूहको खोजी भइरहेको डिएसपी खड्काले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell