PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

केकी अधिकारीको 'गाउँकी छोरी' युट्युबमा



पहिलोपोस्ट

केकी अधिकारीको 'गाउँकी छोरी' युट्युबमा

काठमाडौं: केकी अधिकारी  अभिनित सामाजिक चलचित्र ‘गाउँकी छोरी’ इन्टरनेटमा सार्वजनिक भएको छ। चलचित्रको शनिबार युट्युब रिलिज भएको हो।

केकीले गाउँपालिका अध्यक्षको भूमिका निर्वाह गरेकी छिन्। स्थानिय सरकारले गाउँमा ल्याउन सक्ने परिर्वतन चित्रण गरिएको चलचित्रमा पढ्नका लागि शहर पसेकी केकी आफ्नो गाउँको सेवा गर्न राजनितिमा प्रवेश गर्छिन्। स्थानिय निर्वाचनमा परिचित नेतालाई हराउँदै उनी विजय हुन्छिन्। त्यसपछि सिर्जना हुने घटनाक्रम फिल्ममा देखाइन्छ।

यसअघि नेपाल टेलिभिजनबाट प्रसारण भइसकेको ‘गाउँकी छोरी’लाई दिपक आचार्य र सरोज ओलीले निर्देशन गरेका हुन्। अभिमन्यु निरवीले लेखेका चलचित्रमा केकीसँगै गौरव पहारी, रवि गिरी, सुरविर पण्डित, पल्पसा डंगोल, रमा थपलिया, शारदा गिरी, मुकुन्द आचार्य, शिव गाउँले, विष्णु बुढाथोकीलगायत कलाकारको अभिनय छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell