PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

अञ्जु पन्‍तको भ्यालेनटाइन्स विशेष सांगीतिक प्रस्तुति हुँदै  



पहिलोपोस्ट

अञ्जु पन्‍तको भ्यालेनटाइन्स विशेष सांगीतिक प्रस्तुति हुँदै  

काठमाडौं: फ्रेब्रुअरी १४ अर्थात भ्यालेनटाइन्स डेको अवसरमा  गायिका अञ्जु पन्तको विशेष सांगीतिक प्रस्तुति हुने भएको छ। ‘मेलोडी क्वीन अञ्जु पन्त साँझ–२०७४’ हुने भएको हो।

साया हेल्लो क्याफे गजल बारले १४ फेब्रुअरी पन्तको एकल गायन साँझ आयोजना गर्न लागेको हो। यो अञ्जु पन्तको दोस्रो एकल प्रस्तुति हुनेछ।

कार्यक्रममा गायिका अञ्जुले भनिन्, ‘युवापुस्ताको लागि विशेष रहने प्रणय दिवसमा उहाँहरुकै उमेर समुहलाई केन्द्रमा राखेर गीत चयन र प्रस्तुत गर्नेछु। यो कार्यक्रमको लागि म खुसी छु।'

उनले कार्यक्रममा डेढ दर्जन गीत गाउनेछिन्। यसअघि साया हेल्लो क्याफेमा गायक स्वरुपराज आचार्य, गायिका मिलन अमात्य, प्राश्ना शाक्यजस्ता गायक, गायिकाले आफ्नो प्रस्तुति दिइसकेका छन्। अहिले पनि प्रत्येक शुक्रबार गायिका प्राश्ना प्रस्तुत हुँदै आएकी छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell