PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

सन्दीप लामिछाने दिल्ली डेयरडेबिल्समा



पहिलोपोस्ट

सन्दीप लामिछाने दिल्ली डेयरडेबिल्समा

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)को ११औँ संस्करणका लागि नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई दिल्ली डेयर डेबिल्सले छनोट गरेको छ। हिजोदेखि सुरु भएको अक्सनमा लामिछानेलाई २० लाख भारु लिएको हो।  

आइपीएल अक्सन लिस्टमा पर्ने पहिलो नेपाली बनेसँगै सन्दीपको नाम चर्चामा थियो। अब उनी आइपिएलमा दिल्लीका लागि खेल्ने छन्।
५ सय ७८ खेलाडी रहेको अक्सनको सूचीमा सन्दीपको नाम २७६औँ स्थानमा थियो। उनी अनक्याप्ड स्पिनरको लिस्टमा छन्। उनको बेस प्राइस भारु २० लाख थियो त्यसमै दिल्लीले किनेको हो।

सन्दीप आइपीएलमा छनोट हुने पहिलो नेपाली खेलाडी बन्नेका हुन्।

अक्सन भइरहँदा सन्दीप छानिने वा नछानिने भनेर नेपाल र भारतीय मिडियाहरु चर्चा भइरहेको थियो। हाल सन्दीप डिभिजन टू को तयारीका लागि नेपाली टोलीसँग युएईमा छन्।

सहभागी फ्रेन्चाइजहरुको रकम कम हुँदै गएको र एक टिमले ८ विदेशी खेलाडी राख्न पाउने प्रावधान छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell