काठमाडौं : दिल्ली डेयरडेबिल्सले नेपाली क्रिकेट प्लेयर सन्दीप लामिछानेलाई टीममा स्वागत गरेको छ। डेयरडेबिल्सले १७ वर्षीय नेपाली खेलाडीलाई भित्र्याउन पाउनु आफ्नालागि खुशीको कुरा बताएको छ।
आज अक्सनमा लामिछानेलाई २० लाखमा दिल्लीले लिएका हो।
डियरडेबिल्सले स्पिनर लामिछानेलाई स्वागत गरेको ट्विट गर्दै पहिलो नेपाली खेलाडी भित्र्याउन पाएकोमा खुशी जनाएको हो।
the first Nepali player in the history of the Vivo IPL! It gives us great pleasure to welcome the 17-year-old leg-spinner
आइपीएलको ११औँ संस्करणका लागि नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई दिल्ली डेयर डेबिल्सले छनोट गरेपछि उनी आइपिएलमा छानिएका पहिलो नेपाली भएका हुन्। हिजोदेखि सुरु भएको अक्सनमा लामिछानेलाई २० लाख भारु लिएको हो।The first Nepali player in the history of the Vivo IPL! It gives us great pleasure to welcome the 17-year-old leg-spinner @IamSandeep25 into the #DDSquad!#IPLAuction #DilDilli
— Delhi Daredevils (@DelhiDaredevils) January 28, 2018
आइपीएल अक्सन लिस्टमा पर्ने पहिलो नेपाली बनेसँगै सन्दीपको नाम चर्चामा थियो। अब उनी आइपिएलमा दिल्लीका लागि खेल्ने छन्।
५ सय ७८ खेलाडी रहेको अक्सनको सूचीमा सन्दीपको नाम २७६औँ स्थानमा थियो। उनी अनक्याप्ड स्पिनरको लिस्टमा थियो। उनको बेस प्राइस भारु २० लाख थियो त्यसमै दिल्लीले किनेको हो।
यो पनि पढ्नुस् :