PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

हिजो एमालेले संशोधनको विरोध गर्‍यो भन्दैमा अहिले पनि गर्छ भन्ने छैन: उपेन्द्र यादव



पहिलोपोस्ट

हिजो एमालेले संशोधनको विरोध गर्‍यो भन्दैमा अहिले पनि गर्छ भन्ने छैन: उपेन्द्र यादव

काठमाडौंः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि वाम गठबन्धन तयार भए आफूहरु सरकारमा सहभागी हुन तयार रहेको स्पष्ट पारेका छन्।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले संविधान संशोधनका मुद्दाबारे गठबन्धनले स्पष्ट धारणा दिनुपर्ने र उक्त धारणासँग आफूहरु सहमत भएको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको बताएका हुन्।

यादवले माओवादी र कांग्रेस विगतमा नै संविधान संशोधनका लागि तयार भएको स्मरण गराउँदै अब एमालेले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए। “बल एमालेको कोर्टमा छ, एमाले भित्र पनि अध्यक्ष केपी ओलीजीको कोर्टमा बल छ, कस्तो गोल हान्नु हुन्छ त्यो भने हेर्न बाँकी छ। हामी सरकारसँग सहकार्य गर्न तयार छौँ”–यादवले भने ।

उनले थपे,“एमालेको स्पष्ट धारणा के हो रु त्यो धारणासँग हाम्रो धारणा मेल खान्छ कि खाँदैन रु हिजोका दिनमा एमालेले संविधान संशोधनको विरोध गर्यो भन्दैमा अहिले पनि गर्छ भन्ने छैन ।”

यद्यपी उनले एमाले–माओवादी नेतृत्वको वाम गठबन्धनले सरकार चलाउनका लागि स्पष्ट जनादेश पाएकाले आफूहरु सरकारमा जान आवश्यक भने नरहेको जिकिर गरे। 

प्रदेश नम्बर २ मा भने फोरमको नेतृत्वमा सरकार बन्ने उनले दाबी गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell