PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

मानभवनमा प्रचण्ड र ओलीबीच पाँच घन्टा छलफल: निष्कर्ष - पार्टी एकताका लागि पुन: छलफल गरिने



पहिलोपोस्ट

मानभवनमा प्रचण्ड र ओलीबीच पाँच घन्टा छलफल: निष्कर्ष - पार्टी एकताका लागि पुन: छलफल गरिने
फाइल फोटो

काठमाडौं: प्रदेश सरकारको मुख्यमन्त्री चयनका लागि सिंहदरबारमा नेकपा एमाले र माओवादी केन्द्रको बैठक चलिरहेको छ।

आजै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ललितपुरको मानभवनमा झन्ड पाँच घन्टा छलफल भएको छ।

बिहान १० बजे सुरु भएको भेटमा राष्ट्रिय सभामा बामपन्थीका उम्मेद्वारलाई जिताउन, नयाँ सरकार गठन गर्ने र पार्टी एकताबारे छलफल भएको प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिए।

पार्टी एकता गर्ने विषयमा दुई अध्यक्षबीचको यो सबैभन्दा लामो समय छलफल चलेको हो। लामै कुराकानी भएपनि सबै विषयमा छलफल चलाउँदै एकतालाई निष्कर्षमा पुग्न थप गृहकार्य गरिने उक्त भेटको निष्कर्ष रहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell