PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

आइपिएलको ट्विटमा माइकल क्लार्कको रिप्लाई : ‘गुड वन हिम’



पहिलोपोस्ट

आइपिएलको ट्विटमा माइकल क्लार्कको रिप्लाई : ‘गुड वन हिम’

काठमाडौं : अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कका ‘लिटिल च्याम्प’ अर्थात् नेपाली लेग स्पिनर सन्दीप लामिछानेले रेकर्ड बनाएका छन्। सन्दिप आइपिएलमा छानिने पहिलो नेपाली खेलाडी बन्दा दिल्ली डेयर डेभिल्सले २० लाख भारुमा उनलाई किनेको छ। सन्दीप यतिबेला डिभिजन टु को तयारीको लागि युएइमा छन्।

सन्दीप आइपिएलमा छनोट भएसँगै यतिबेला फेरि एकपटक उनको चर्चा चलेको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उनका बारेमा लेखेका छन्। त्यस्तै विभिन्न देशका क्रिकेट स्टार सन्दीपको छनौटलाई लिएर उत्साहित भएको प्रतिक्रया दिएका छन्।
 

आइपिएलको ट्विटर पेजलाई रिप्लाई गर्दै क्लार्कले लेखेका छन, ‘गुड वन हिम।’ सन्दीपलाई स्टार बनाउन सहयोगी भूमिका खेलेका क्लार्कले प्रतिक्रिया दिइसक्दा लामिछानेले केही प्रतिक्रिया दिन भ्याएका छैनन्।
  त्यस्तै नेपाली टिमका कप्तान पारस खड्काले ट्विट गर्दै लेखेका छन्, 'नेपाली क्रकेट खेलाडी, फ्यान र यससँग जोडिएका सबैलाई बधाई। नेपाली क्रिकेटरलाई गर्व गर्न लायक समय। बधाई छ सन्दीप।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell