
टी-२० क्रिकेटका विष्फोटक ब्याट्सम्यान, टी-२० क्रिकेटमा सबैभन्दा धेरै छक्का हान्ने कीर्तिमान। टी-२० क्रिकेटका लेजेण्ड, क्रिस्टोफर हेनरी गेल अर्थात क्रिस गेल।
अनी विश्वकै चर्चित क्रिकेट लिग आइपीएल। कतै ११औँ संस्करणको आइपीएलमा गेल हुँदैनन् कि भन्ने सम्भावना बढिसकेको थियो। तर उनलाई प्रिती जिन्टाको किंग्स ११ पञ्जावले अन्तिममा आफ्नो टोलीमा भित्र्यायो। गेल तेस्रो प्रयासमा भाग्यमानी बनेका हुन्।
११औँ संस्करणको आइपिएल अक्सनमा गेललाई पहिलो दिन कुनै फ्रेन्चाइजले बोली लगाएन। उनको बेस प्राइज थियो २ करोड भारु। बढ्दो उमेर र प्रदर्शनका उतारचढावका कारण गेललाई पहिलो दिन कुनै टिमले चासो देखाएनन्। तर उनले आइपीएलको ११औँ संस्करण खेल्ने बाटो भने अझै बाँकी थियो।
उनलाई कुनै पनि टिमले चाहेको खण्डमा अक्सनमा ल्याउन सक्थ्यो र टिममा राख्न सक्थ्यो।
दोस्रो दिन पनि पहिलो पटक अक्सनमा उनको नाम घोषणा हुँदा कसैले चासो दिएनन्। तर अक्सन सकिनु केही समयअघि पञ्जावले गेललाई उनको बेस प्राइज २ करोड भारुमै किन्यो।
जब पञ्जावले गेललाई किन्यो तब अक्सनमा रहेका अन्य फ्रेन्चाइजले ताली बजाएर स्वागत गरेका थिए।
यस्तै अष्ट्रेलियाका मिचेन जोनसन, भारतका मुरली विजय र पार्थिव पटेल दोस्रो प्रयासमा बिक्री भए। लगातार १० सिजन मुम्बईका लागि खेलेका लथिस मालिंगा भने बिकेनन्।
गेलको आइपीएलमा यो तेस्रो टोली हो। गेलले यसअघि किंग खान साहरुख खान र रोएल च्यालेन्जर्स बैंगलोरबाट खेलिसकेका छन्।
२००८ देखि २०१० सम्म कोलकताका लागि खेलेका गेलले २०११ देखि गत सिजनसम्म बैंगलोरका लागि खेलेका थिए। तर उनले अहिलेसम्म आइपीएलको उपाधि जित्न सकेका छैनन्।