PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

हुसैनले उम्मेदवारी फिर्ता लिएपछि प्रदेश २ राष्ट्रिय सभाका आठै सदस्य निर्विरोध



पहिलोपोस्ट

हुसैनले उम्मेदवारी फिर्ता लिएपछि प्रदेश २ राष्ट्रिय सभाका आठै सदस्य निर्विरोध

काठमाडौं: प्रदेश नम्बर २ मा राष्ट्रिय सभाका आठै सदस्य निर्विरोध भएका छन्।

नेपाल संघीय समाजवादी पार्टीबाट मोहमद अख्तर हुसैनले आजै नाम फिर्ता लिएपछि निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले बताए।

उप्रेतीले भने, 'नेपाल संघीय समाजवादी पार्टीबाट मोहमद अख्तर हुसैनले आजै नाम फिर्ता लिनुभयो। खुलामा ४ जनाको उम्मेदवारी रहेकोमा उहाँले नाम फिर्ता लिएसँगै ३ जना निर्विरोध हुनुभयो।'

निर्वाचन कार्यतालिका अनुसार भोलिसम्म उम्मेदवारी फिर्ता लिने म्याद थियो।

योसँगै कांग्रेसका जितेन्द्रनारायण देव, राजपाका रमेश यादव र एमालेका सुमन प्याकुरेल निर्विरोध निर्वाचित भएका छन्।

पाँच सदस्य भने उम्मेदवार मनोनयनकै दिन निर्विरोध निर्वाचित भएका थिए।

महिलातर्फ कांग्रेसकी मुक्ताकुमारी यादव माओवादीकी शशीकला दाहाल र फोरमबाट प्रमिलादेवी यादव निर्विरोध भएका थिए भने अल्पसंख्यकबाट राजपाका बृषेशचन्द्र लाल, दलितबाट संघीय समाजवादी फोरमका रामपृत पासवान निर्विरोध भए। 

निर्विरोध सबैलाई माघ २४ गते प्रमाणपत्र प्रदान गरिने मुख्य निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell