PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

आइपिएलमा छनौट भएपछि सन्दीपको ट्विट : जर्नी बिगन्स नाउ



पहिलोपोस्ट

आइपिएलमा छनौट भएपछि सन्दीपको ट्विट : जर्नी बिगन्स नाउ

काठमाडौं : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली डेयर डेभिल्सलाई धन्यवाद दिएका छन्। ट्विटमा उनले लेखेको छन्, ‘धेरै खुशी छु दिल्ली डेयर डेभिल्स आइपिएलको यो सिजनको लागि छानिएको छु। सबैलाई विशेष धन्यवाद जसले मलाई यो ठाउँमा ल्याउन प्रार्थना गरे। यात्रा भर्खरै सुरु भयो।’
 


सन्दीप डिभिजन टूको लागि यतिबेला युएइमा छन्।

सन्दीप आइपिएलमा छनोट भएसँगै यतिबेला फेरि एकपटक उनको चर्चा चलेको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उनका बारेमा लेखेका छन्। त्यस्तै विभिन्न देशका क्रिकेटस्टार सन्दीपको छनौटलाई लिएर उत्साहित भएको प्रतिक्रिया दिएका छन्।

आइपिएलको ट्विटर पेजलाई रिप्लाई गर्दै क्लार्कले लेखेका छन, ‘गुड वन हिम।’ सन्दीपलाई स्टार बनाउन सहयोगी भूमिका खेलेका क्लार्कले प्रतिक्रिया दिइसक्दा लामिछानेले केही प्रतिक्रिया दिन भ्याएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell